युवा पुस्तामा कसले पहिला नेपाल छोड्ने भन्ने होड नै चलेको छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवा पुस्तामा विदेश पलायन हुने होड नै चलेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाली लेखक संघ काठमाडौ जिल्ला समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले युवाहरूमा कसले पहिला नेपाल छोड्ने भन्ने होड चलेको बताए।

उनले भने, ‘नेपाली समाजमा यति ठूलो असन्तुष्टि देखिन्छ, यति धेरै व्याकुलता, छटपटी छ, युवाहरूमा पलायनको एउटा होड छ कि कसले पहिला नेपाल छोड्ने भनेर। युवाहरू निराश भइरहेको बेलामा राजनीतिक प्रवृत्ति पनि उस्तै देखिएको छ।’

महामन्त्री थापाले आफ्नो भविष्यका लागि छट्पटाइरहेका युवाहरूलाई सकारात्मक बाटो देखाएर लानुपर्ने आवश्यकता रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर