पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर नियुक्त

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवरलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गरिएको हो ।

कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरीफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार भएको छलफलअनुसार अनवरलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । पाकिस्तान सरकारको सिफारिसमा राष्ट्रपति आरिफ अल्बीले गत बुधबार मध्यराति संसद विघटनलाई सदर गरेका थिए । संसद विघटन भएको मितिदेखि ९० दिनभित्र पाकिस्तानमा आमनिर्वाचन गराउनुपर्ने व्यवस्था छ ।

अनवर नेतृत्वको सरकारले त्यहाँ निर्वाचन गराउने छ । देश आर्थिक संकटमा परेको तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई जेल सजाय भएको लगायतका थुप्रै उथलपुथलका बीच कार्यवाहक प्रधानमन्त्री अनवरलाई आमनिर्वाचन शान्तिपूर्ण रूपमा गराउनुपर्ने चुनौती छ । सन् २०१८ मा बलुचिस्तानबाट स्वतन्त्र सांसदको रूपमा निर्वाचित अनवर पछि सिनेटमा बलुचिस्तान अवामी पार्टीको संसदीय दलको नेता पनि बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर