एमालेकाे सचिवालय बैठक जारी

पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेकाे छ।

सुन तस्करीको घटनामाथि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले सङ्घीय संसद्मा जारी गतिरोधका विषयमा पनि छलफल गर्ने जनाइएको छ।

सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा मध्याह्न १२:३० बजे बैठक सुरू भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर