एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३ सम्मलाई स्थगित

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो।

सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै विषय हटाएर प्रतिनिधिसभाको बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको तस्करीको करिब एक क्विन्टल सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो।

यस प्रकरणको सुरूमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले १९ दिनसम्म अनुसन्धान गरेर पछि बाँकी अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको थियो।

हाल सीआईबीले संगठित अपराध र राजस्व छली कसुरमा यसको अनुसन्धान गरिरहेको छ।

तर, नेकपा एमालेले भने सरकारी अनुसन्धानमा आफूहरूलाई विश्वास नभएको भन्दै उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखिरहेको हो। यही माग राखेर उसले १० साउनदेखि संसद चल्न दिएको छैन।

संसदको गतिरोध खुलाउने विषयमा सभामुखले प्रमुख दलका शीर्ष नेताहरूको बैठक पटकपटक राखे पनि हालसम्म सहमति हुन सकेको छैन।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर