‘क्वार्ज क्रिष्टल’ गाेरखा दरबारमै राख्ने मन्त्रिपरिषदकाे निर्णय

भूउपयोग नियमावली पास

मन्त्रिपरिषद्ले गोरखामा एक स्थानीयकाे घरबाट बरामद बहुमूल्य टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमै राख्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले साे निर्णय गरेकाे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी गराएका हुन् ।
‘त्यो स्टोन संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै उसलाई पुरस्कृत गर्ने पनि निर्णय गर्नुका साथै नवनियुक्त सङ्घीय मामिला तथा सङ्घीय मामिलामन्त्रीलाई स्वागत गर्दै बिदा हुनुभएका मन्त्रीलाई धन्यवाद प्रस्ताव पनि पास गरेको छ,’ उनले भने ।
यस्तै मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । मन्त्री ज्वालाले भने, ‘जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।’
जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर