चितवनमा ८ वटा सवारी साधन एकै ठाउँमा ठोक्किए, २० जना घाइते, ७ काे अवस्था गम्भीर

चितवनकाे भरतपुर महानगरपालिका-९ स्थित टिकोली जङ्गलमा विभिन्न आठवटा सवारी साधन एकै ठाउँमा दुर्घटना हुँदा बीस जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो । सोही दुर्घटनामा बा प्र ०६-००१ प ९९८१, बा प्र ०३-००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६-००१ प २२९४ र बा प्र ०३-००२ प ४१९८ नम्बरको स्कुटरसहित सम्पूर्ण सवारी साधन एकआपसमा ठोक्किएको थियो ।

ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारी साधन घटनास्थलमा नै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर