चिनियाँ सेनाको टोली काठमाडौंमा, प्रधानसेनापति शर्मासँग भेटवार्ता

चिनियाँ जनमुक्ति सेनाको एक प्रतिनिधिमण्डल नेपाल आएको छ। नेपाली सेनाका अनुसार चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैन्य कमाण्डका मेजर जनरल यूए एन्डेको नेतृत्वमा ८ सदस्यीय सीमा रक्षा प्रतिनिधिमण्डल बुधबार दिउँसो काठमाडौं आइपुगेको हो।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागरबहादुर थापाले स्वागत गरेका थिए। टोली नेपालको पाँचदिने भ्रमणमा आएको हो।

काठमाडौं आइपुगेको केहीबेरमै टोलीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गरेको छ। सैनिक मुख्यालय जंगी अड्डा पुगेर मेजर जनरल एन्डे नेतृत्वको टोलीले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेको हो।

उक्त भेटमा द्विपक्षीय हित तथा आपसी चासोका विषयहरूमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार चिनियाँ सैनिकको टोलीले आफ्नो पाँचदिने नेपाल भ्रमणका क्रममा सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायतका सैनिक इकाइहरूका साथै काठमाडौं र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीय स्थलहरूको भ्रमण पनि गर्नेछ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत उच्च पदस्थ अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर