‘गुँला पर्व’ आजबाट सुरु

नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ आजबाट सुरु भएको छ ।

वर्षभरी दिवंगत भएका आफन्तहरुको राम्रो होस् (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गरेर यो पर्व मनाउने प्रचलन रहेको छ ।

नेपाल भाषामा ‘गूँ’को अर्थ १० तथा ‘ला’को अर्थ महिना भन्ने हुन्छ । नेपाल संवतको दशाै‌ं महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीहरु विभिन्न परम्परागत र मौलिक बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गर्छन् । पर्वको प्रमुख विशेषता भनेकाे नेकुँ बाजा हो। यस्तै नेकुँ बाजा स्वयम्भुमा मात्र बजाउने गरिन्छ । याे बाजा राँगाकाे सिङबाट बनाउने गरिन्छ ।

आजबाट सुरु भएको ‘गुँला पर्व’को अवसरमा स्वयम्भूमा मेला लागेको छ । पर्वको अवसरमा विशेष गरी नेइँ बाजा बजाउने प्रचलन रहेता पनि पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर