पहिरोले कालीगण्डकी कोरिडोर अवरूद्ध

भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरूद्ध भएका छन् ।

लोकमार्गको बुर्तिबाङ-पूर्वी रूकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका-४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका-१०, दब्ल्याङमा पहिरोले सडक अवरूद्ध बनाएको हो । बुधबार साँझदेखि दुवै सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय, बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको छ । वर्षा रोकिएपछि सडक खुलाउन थाल्ने प्रहरी नायव उपरीक्षक केसीले बताए ।

लोकमार्ग अरूद्ध हुँदा पूर्वी रूकुमको रूकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका स्थानबाट बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँलगायतका स्थानमा पुग्ने यातायातका साधन सडकमै ठप्प छन् । यात्रु बाटोमै अलपत्र परेका छन् । काठमाडौँदेखि पूर्वी रूकुम र निसीखोलाको विभिन्न स्थानमा यातायातका साधन सडकमै रोकिएका स्थानीय नरबहादुर क्षेत्रीले जानकारी दिए ।

कालीगण्डकी कोरिडोरमा चल्ने बागलुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारी साधन पनि ठप्प छन् । सडक अवरूद्ध भएपछि दक्षिणी क्षेत्रमा सामान ढुवानी गर्नसमेत समस्या भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *