एमालेले गर्‍याे संसदीय समितिको बैठक बहिष्कार

नेकपा (एमाले) ले लेखा समितिको बैठक बहिष्कार गरेको छ । सिंहदरबारमा बसेको बैठकमा आफूहरूको मागअनुसार समिति सभापति चयन नभएको भन्दै एमालले बैठक बहिष्कार गरेको हो ।

संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै यसअघि बैठक बहिस्कारको चेतावनी दिएको एमालेका सांसद आजको समिति बैठकमै अनुपस्थित भएका हुन् ।

लामो समयदेखि संसद अवरूद्ध गराउँदै आएको एमालले मिनि संसदसमेत मानिने संसदीय समितिको बैठकसमेत बहिष्कार गर्न थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर