सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार राति काठमाडौंबाट थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको परिचय खुलाइएको छैन।

प्रकरणमा बुधबार पनि चार जना चिनियाँ नागरिक टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेङ्काई काठमाडौंबाटै पक्राउ परेका थिए। यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ।

गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ब्रेक शुभित्र रहेको सुन सिंनामंगलबाट बरामद भएको थियो।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक शुबाट निकालेपछि मंगलबार गालेर जोख्दा सुनको तौल ६० किलो ७ सय १६ ग्राम आएको थियो।

सुरूमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेको यो प्रकरणमा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर