आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण छ : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक घिसिङले विद्युत व्यवस्थापन र गुणस्तर वृद्धि प्राधिकरणका लागि चुनौती बन्ने बताए ।

उनले भने, ‘आगामी दिन प्राधिकरणको लागि थप चुनौतीपूर्ण छ, अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्न, विद्युत व्यवस्थापन गर्न, विद्युत आपूर्तिको निम्ति गुणस्तर वृद्धि गर्नु प्राधिकरणको मुख्य चुनौती हुन् । ’

कार्यकारी निर्देशक घिसिङले आगामी १० बर्षको अवधिलाई देश विकासको घोषणा गर्न आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘आगामी १० वर्षलाई देश विकास दशक घोषणा गरी वर्तमान ऐन कानून संशोधन गरेर व्यापक र प्रतिस्थापन गर्नु पर्ने टड्कारो आवश्यकता देखिन्छ । वन क्षेत्रको जग्गा उपभोगलाई सहज बनाउन चालु आर्थिक वर्षको बजेटमार्फत केही कार्यक्रमहरु त घोषणा गरिएका छन् तर त्यसको कार्यान्वयनमा तर्फ जटिलता देखिन्छ ।’

सूचना प्रविधि तथा नीति तयार गरी संस्थाको सेवालाई अझै आधुनिकीकरण तथा स्वचालित गर्न आवश्यक भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

प्राधिकरणले प्रदान गर्ने सेवामा प्रभावकारिता ल्याउने र प्रणलीलाई स्वचालित रुपमा सञ्चालन गर्ने कार्यलार्य उच्च प्राथमीकता दिइने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर