धर्मगुरु बागेश्वर बाबा काठमाडौंमा

विश्वभर रहेका हिन्दु धर्मावलम्बीहरु माझ बाबा बागेश्वर धाम सरकारका नामले परिचित धीरेन्द्रकृष्ण शास्त्री नेपाल आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा शुक्रबार नेपाल आएका हुन ।

उनले शुक्रबार ४ बजे पशुपतिनाथको दर्शन तथा पुजापाठगर्ने कार्यक्रम रहेको छ । यस्तै काठमाडौंका धार्मिक संघ संस्थाका पादधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार नै भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

उनी चौधरी समूहले निमार्ण गरेको शाश्वत धाम शनिबार पुग्नेछन् । बागेश्वर बाबाले भदौ‌ २ देखि ४ गतेसम्म शाश्वत धाममा हनुमान कथा वाचन गर्नेछन् ।

प्रतिक्रिया

2 thoughts on “धर्मगुरु बागेश्वर बाबा काठमाडौंमा

  1. जय हो बाबा वागेश्वरी धामा स्वागत छ गुरु जी नेपालमा

  2. Guruji lai sambodhan Garda garnechhan aune chhan bhannu hunna uhata Hanuman Ko sachyat rup hoibaksinchha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर