जीतपुरसिमरामा टीभीएसकाे शोरूम

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा टीभीएस मोटरसाइकलको शोरूमको स्थापना भएको छ । जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टीभीएसको अधिकारिक डिलर लिएर बिहीबार जीतपुरको पहाडी टोलमा शोरूमको समुद्घाटन सम्पन्न गरेको हो ।

जीतपुरमा टीभीएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए । अध्यक्ष शर्माले शोरूमको उद्घाटन गर्दै सञ्चालक र टीभीएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिएका थिए ।

करिब २ करोड २५ लाख रूपैयाँको लागतमा सञ्चालनमा आएको टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न जीतपुरका सञ्चालक किरण पुरीका अनुसार जीतपुरको टीभीएस शोरूममा टीभीएसको नँया मोटरसाइकल, स्कुटर, पार्ट्स र सर्भिसिङलगायतका सम्पूर्ण कामहरू हुनेछ ।

स्वास्तिक ट्रेड एण्ड कन्सर्नका संचालक किरन पुरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा प्रमुख अतिथि रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर