सीआईबीको अपरेशन फक्सट्रोट चार्लीः देशभरबाट सातजना नक्कली शैक्षिक प्रमाणपत्रधारी पक्राउ

प्रहरीले चिकित्सा विज्ञानको उच्च शिक्षा अध्ययनका लागि प्रमाणपत्र तह (१० जोड २) को नक्कली शैक्षिक प्रमाणपत्र बनाउने सातजनालाई पक्राउ गरेर कारबाही थालेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाण पत्र विरुद्ध संचालन गरेको अपरेशन फक्सट्रोट चार्ली अन्तर्गत स्वदेश तथा विदेशमा एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनको लागि आफ्नो शैक्षिक योग्यताको लब्धाङ्कमा विभिन्न विषयमा प्राप्त गरेको अंकलाई वास्तविकता भन्दा थप घट गर्ने उनीहरुलाई देशभरबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी सञ्जय सिंह थापाका अनुसार उनीहरुलाई राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरलाई पत्राचार गरेर यकिन गरेपछि नियन्त्रणमा लिइएको हो । उनले पक्राउ परेकाहरुलाई विभिन्न समयमा पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेहरुमा अनु फार्मेसी, विराटनगरमा काम गर्ने मनित चौधरी, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अध्ययनरत अमित चौधरी, एमबीबीएस अध्ययनको तयारीमा रहेकी एरिना शाह, ईसान बाल तथा महिला अस्पताल, बसुन्धरामा कार्यरत श्रद्वा शिल्पकार, पुनम थापा, बागमती सेन्ट्रल अस्पताल दुर्गाभगवती गाउँ पालिका रौतहट, रामबाबु यादव र चितवन मेडिकल कलेजमा एमबीबीएसमा अध्यनरत नसिम अख्तर रहेका छन् ।

ब्यूरोले ६ जनाबिरुद्ध काठमाण्डौं जिल्ला अदालतबाट म्याद लिई लिखत सम्बन्धी कसूर मुद्दामा यस केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा राखी अनुसन्धान भईरहेको र नसिम अख्तरलाई ३२ साउनमा पक्राउ गरी ५ दिनको म्याद लिएर अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर