पाँच एआईजीहरूको सरूवा : कार्य विभाग पठाइए ज्ञवाली, उपत्यकामा थापा

नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरूवा भएको छ।

३० साउनमा बसेकाे मन्त्रिपरिषद् बैठकले एआईजी सरूवाको निर्णय गरेको हो। सरकारकाे निर्णयकाे पत्र शुक्रबार अबेरमात्र प्रहरी प्रधान कार्यालयमा पुगेकाे थियाे ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीसहित पाँच एआईजीहरूको सरूवा भएको हो। ज्ञवालीले घटना अनुसन्धानलाई गलत उपयाेग गरिररहेकाे सूचना पाएपछि प्रधानमन्त्री र गृहमन्त्री उनकाे सरुवाका लागि तयार भएका हुन् ।

ज्ञवाली प्रहरी प्रधान कार्यालयको कार्य विभाग पठाइएका छन्। उनको ठाउँमा प्रशासन विभागमा कार्यरत एआईजी दीपक थापाको सरूवा भएको छ।

यस्तै प्रशासनमा कार्य विभागमा कार्यरत एआईजी मीरा चौधरीको सरूवा भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी टेकप्रसाद राईको मानवस्रोत विकास विभागमा सरूवा भएको छ। मानवस्रोतमा कार्यरत एआईजी सन्दीप भण्डारी राईको स्थानमा सरूवा भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर