कास्कीमा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु

कास्की जिल्लाको रूपा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-३२ बाट रूपातालतर्फ जाँदै गरेको प्रदेश नं. ३-०२-००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका-६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरूङको निधन भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

मोटरसाइकल रुपा गाउँपालिका-६, निगालझाँप्रास्थित भित्रीसडकबाट अन्दाजी ८०-९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खसेको बताइएको छ।

दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याइएको थियो।

चिकित्सकले जाँचका क्रममा दुवै जनालाई मृत घोषणा गरेका थिए। प्रहरीले दुर्घटनाको कारणबारेमा अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर