‘नेपाल मेराे आत्मा हाे’: बागेश्वरधाम सरकार

भारतकाे मध्यप्रदेशमा रहेकाे बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) ले नेपाल आफ्नो आत्मा भएको बताएका छन् ।

शुक्रबार काठमाडौं आएका बागेश्वरधाम सरकारले विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सबै श्रद्धालुका अघि भने, ‘नेपाल मेरो आत्मा हो, त्यसैले म नेपालमा यो भन्न चाहन्छु कि हनुमानजीको चरणमा प्रार्थना गरेर एकदिन नेपालले पूरा दुनियाँमा आफ्नो डंका बजाउनेछ ।’

उनले नेपाल हिन्दू धर्मका लागि पवित्र भूमि भएको बताए । नेपालमा रहने सबै भक्तजनहरूका लागि पशुपतिनाथको कृपा रहिरहोस् भन्ने उद्देश्यले पशुपतिनाथको दर्शन गर्न जाने उनको भनाइ थियो ।

नेपाल हिन्दू राष्ट्र बनोस् र सनातनको क्रान्ति यहाँ बनिरहोस् भन्ने धारणा पनि उनले राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर