झापामा सर्पले डसेर एक जनाकाे मृत्यु

झापाको हल्दिबारीमा विषालु सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए।

उनका अनुसार राजवंशीलाई शनिबार दिउँसो घरमै करेत सर्पले डसेकाे थियो। सर्पले डसेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएलगत्तै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *