फुटबलर विमलले गरे प्रेमिका लिनासँग विवाह

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगरले विवाह गरेका छन्।

उनले आइतबार प्रेमिका लिना प्रधानसँग भद्रकाली मन्दिरमा विवाह गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका हुन्।

लिना माल्दिभ्समा होटल व्यवस्थापनको काम गर्छिन्। उनीहरूबीच ५ वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ।

विमलले गत साता मछिन्द्र र पारो एफसीबीचको खेलमा प्लेयर अफ दि म्याच हुँदाको गोल प्रेमिकाको नाममा समर्पण गरेका थिए।

सन् २०१२ मा बंगलादेशविरूद्धको खेलमार्फत नेपाली सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका विमलले त्यसयता राष्ट्रिय टोलीमा खेल्दै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर