राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू

एशिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण आजबाट सुरू भएको छ। प्रशिक्षक मोन्टी देसाईले एशिया कप सुरू हुनभन्दा ९ दिनअघि १७ सदस्यीय टिमको प्रशिक्षण थालेका हुन्।

नेपालले पहिलो म्याच पाकिस्तानसँग दोस्रो म्याच भारतसँग खेल्दैछ। नेपाली टिमलाई बुधबार पाकिस्तान पठाउने तयारी भइरहेको छ।

सन्दीप लामिछाने पनि एशिया कप खेल्ने १७ सदस्यीय टिममा छन्। तर अदालतले उनको मुद्दामाथिको सुनवाइ पछि सारेसँगै सन्दीपले पाकिस्तान जानेबारे निर्णय लिइसकेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर