ललिता निवास प्रकरणमा पक्राउ परेकाहरू थप ३ दिन हिरासतमा रहने

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरू थप ३ दिन हिरासतमा रहने भएका छन्।

काठमाडौं जिल्ला अदालतले सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुसन्धानका लागि थप ३ दिन समय दिएको हो।

सीआईबीले सोमबार नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको थियो। तर, अनुसन्धान प्रतिवेदन लेखनको काम नसकिएपछि उसले अदालतसँग थप समय मागेको हो।

प्रकरणमा सीआईबीले आइतबार साँझ पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको छ। पूर्वप्रधानमन्त्रीद्वयको निवासमै पुगेर सीआइबीको टोलीले बयान लिएको हो।

यस्तै भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सीआईबीले संगठित अपराध र कीर्ते कसुरमा गरेको अनुसन्धानको प्रतिवेदन बुझाउन लागेको हो।

अनुसन्धानको समयावधि भदौ ९ गतेसम्म मात्र छ। त्यसअगावै प्रतिवेदन बुझेर अभियोजन प्रक्रिया अगाडि बढाउने तयारीमा सरकारी वकिल कार्यालय जुटेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर