नेपाल प्रहरीका पाँच जना एसएसपीहरूकाे सरूवा

नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरूवा भएको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूको सरूवा भएको हो।

जसअनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी भूपेन्द्रबहादुर खत्रीको सरूवा भएको छ। यसअघि परिसर प्रमुख रहेका एसएसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरूवा गरिएको छ।

त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा राष्ट्रिय सुरक्षा परिषदमा कार्यरत एसएसपी सोमेन्द्रसिंह राठौरको सरूवा भएको छ।

यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत एसएसपी डा. मनोजकुमार केसीको महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा निर्देशनालय र निर्देशनालयमा कार्यरत एसएसपी सानुराम भट्टराईको राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सरूवा भएको छ।

प्रहरी नियमावलीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको सरूवा गृहमन्त्रीस्तरीय निर्णयले हुने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर