साफ यू-१९ फुटबल असोज ४ देखि १३ सम्म नेपालमा आयोजना हुने

अखिल नेपाल फुटबल संघ एन्फाले आगामी असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा साफ अन्डर १९ (यू-१९) फुटबल २०२३ आयोजना गर्ने भएको छ ।

दक्षिण एशियाली फुटवल महासंघ (साफ)को तालिकाअनुसार प्रतियोगिता आगामी असोज ४ देखि १३ गतेसम्म गर्न लागेको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए ।
सोमबार एन्फा हल सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता साहले उक्त प्रतियोगितामा नेपाललगायत दक्षिण एसियाली राष्ट्रका अन्य ५ टोलीको प्रतिस्पर्धा गर्ने बताए ।
उनले भने, ‘नेपाललगायत माल्दिभ्स, पाकिस्तान, भारत, भुटान, बंगलादेशले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको तयारीको लागि नेपाली यू-१९ टोलीले मुख्य प्रशिक्षक सुनिलकुमार श्रेष्ठको नेतृत्वमा २०८० भदौ ४ (आजबाट ) प्रशिक्षण सुरू गरिसकेको छ ।’

यू-१९ फुटबल प्रतियोगिता २०२३ को लागि नेपाली टोलीका ३५ जना खेलाडीहरू आजबाट एन्फाको बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेका छन् । एन्फाले खेलमा सहभागी खेलाडीको लागि प्रशिक्षण गर्न नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासल खेल मैदानमा व्यवस्था गरेको जनाएको छ ।

प्रतियोगिता सञ्चालनको लागि एन्फाले २ करोड ७७ लाख ३२ हजार ८ सय रूपैयाँ बजेट लाग्ने अनुमान गरेको प्रवक्ता साहले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर