ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईलाई बनाइएन प्रतिवादी

चार पूर्वमन्त्रीसहित साढे दुई सय जनाविरूद्ध मुद्दा चलाउन सीआईबीको राय

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा साढे दुई सय जनालाई मुद्दा चलाउन राय दिँदै आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ।

मंगलबार सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय साह ‘टक्ला’, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो, युवराज भुसालसहित सहसचिव, उपसचिव शाखा अधिकृत, सुब्बा र खरिदारसम्मका व्यक्तिविरूद्ध मुद्दा चलाउन राय दिएको छ।

तर, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी बनाइएन। उनीहरूलाई साक्षीको रूपमा मात्र राखिएको छ।

यस्तै शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरूङलाई जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार बनाइएको छ। प्रतिवेदनमा ललिता निवासका तत्कालीन भोगाधिकारी हाटकशमशेर राणालाई पनि प्रतिवादी बनाइएको छ।

प्रतिवेदनमा ढकाल, सुवेदी र गुरूङको योजनामा नै ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याइएको उल्लेख छ। जग्गा तलमाथि गर्न सहयोगी वातावरण बनाएबापत परिवारका नाममा २२ रोपनी जग्गा घुस लिने भक्तपुर मालपोतका तत्कालीन प्रमुख एवं पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका पूर्वकर्मचारीलाई पनि बिगो, कैद र जरिवाना मागदाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर