नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरोका कारण अवरूद्ध नरायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।

केही बेरअघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिए ।

चितवनको इच्छाकामना-६ , नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो । पहिरो हटाएसँगैँ सवारी साधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नरायणगढ-मुग्लिन सडकखण्ड पटक-पटक अवरूद्ध हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर