रक्षा मन्त्रालयमा कांग्रेसका मन्त्रीहरूबीच छलफल

सत्तारूढ नेपाली कांग्रेसका मन्त्रीहरू सामूहिक छलफलमा जुटेका छन्। सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेसका ८ जना मन्त्रीहरूबीच सामूहिक छलफल भइरहेको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतबाहेक कांग्रेसका सबै मन्त्रीहरू छलफलमा सहभागी छन्। अर्थमन्त्री महत भने अहिले क्यानडा भ्रमणमा छन्।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा भइरहेको छलफलमा कानूनमन्त्री धनराज गुरूङ, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सहरी विकासमन्त्री सीता गुरूङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला तथा बालबालिकामन्त्री सुरेन्द्र आचार्य सहभागी छन्।

कांग्रेसका मन्त्रीहरूबीच के विषयमा छलफल भइरहेको हो, खुलिसकेको छैन। सरकारका कामकारबाही प्रभावकारी भएनन् भन्ने गुनासो आएपछि छलफल भएकाे स्रोतको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर