कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकमा खम्मबहादुर खाती

अनुशासन समितिमा ४ सदस्य मनोनित

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम खातीलाई रिक्त रहेको सो पदमा नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस्तै देउवाले केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित ‘केन्द्रीय अनुशासन समिति’ मा सदस्यहरू मनोनित गरेका छन्।

सभापति देउवाले आज समितिको सदस्यहरूमा पार्टीका केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर