संसदमा एमालेले खोज्यो सरकार

नेकपा (एमाले) ले प्रतिनिधिसभाको बैठकमा सरकारको उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ।

एमाले सांसद सूर्य थापाले २५ जनाको मन्त्रीमण्डलका एक जना सदस्यसमेत सदनमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका हुन्।

थापाले सरकार हराएको भन्दै खोजी गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘यो सरकार हरायो। सभामुख महोदय, सरकारको खोजी गरिपाऊँ, मन्त्रीहरूबेगर यो सदनको कारबाही अगाडि बढ्न सक्दैन। प्रधानमन्त्री र २५ जना मन्त्रीहरूमध्ये १ जना पनि यहाँ हुनुहुन्न। यो घनघोर अन्याय हो। यो सदनको अपमान हो।’

सदनमा एक जना पनि मन्त्री नहुनु सदनको अपमान भएको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर