सुन तस्करीको घटना लुकाउन गिरिबन्धु टी स्टेटमा भ्रष्टाचारको आरोप लगाइयो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको भ्रष्टाचार लुकाउन आफूलाई गिरिबन्धु टी स्टेटको भ्रष्टाचारको आरोप लगाइएको दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनमा उनले पहिले नै ७० बिघा जग्गा बेचेकोमा आफ्नो सरकार हुँदा कानूनबिना बेच्न पाइँदैन भनेर कानून बनाउँदा उल्टै आफ्नो भ्रष्टाचार लुकाउन आफूलाई आरोप लगाइएको बताए।

उनले आफूमाथि झुटो आरोप लागेको भन्दै झुटा सूचनालाई कुनै आधार नमान्न आग्रह गरे। नेकपा (एमाले) देशलाई समृद्ध बनाउँछु भनेर हिँडेको नेतृत्व भएको बताए।

‘उता चिल आयो भन्ने यता कुखुरा लाने गरेर झुटा हल्ला फिजाएको छ। यस्ता झुटा सूचनालाई कुनै आधार नमान्नुहोला,’ उनले भने, ‘देशलाई समृद्ध बनाउँछु भनेर हिँडेको नेतृत्व हो। देश बदल्छु भनेर ज्यान दिन, गोली खान, जेलमा मर्न तयार भएको नेतृत्व हो। दुई तोला सुन, दुई गट्टा रूपैयाँ यस्ता कुरामा बिक्नेवाला छैन। यो बिक्ने ज्यान होइन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *