संसदीय समितिका सभापतिको निर्वाचन ११ भदौमा

सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका छन्।

प्रतिनिधिसभा सञ्चालन हुन थालेको झन्डै ८ महिनापछि यसअन्तर्गत रहेका मिनी संसद भनिने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढ्न लागेको हो।

बिहीबार सभामुख घिमिरेले प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र कानूनमन्त्रीसँगको छलफलपछि रिक्त रहेका सबै समितिको सभापतिको निर्वाचन कार्यक्रम तय गरेका हुन्।

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो १ बजेका लागि तोकिएको छ।

संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन गरिएको थियो। तर, संसदीय समितिमा सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन हुँदै आएको छ।

प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरूको प्रतिनिधित्वसहित २ वटा संयुक्त समिति रहेका छन्।

समितिहरूमा सभापति चयन प्रक्रियामा ढिलाइ हुँदा विधेयकमाथिको छलफललगायतका विषय प्रभावकारी हुन सकेका छैनन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *