दुई सचिवको सरूवा : सामान्य प्रशासनमा सिंह, प्रधानमन्त्री कार्यालयमा पुष्कर

सरकारले दुई जना सचिवको सरूवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले सचिव सरूवाको निर्णय गरेको हो।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको सरूवा गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव विनोदप्रकाश सिंह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएका छन्। उनले गृहसचिवको रूपमा समेत काम गरिसकेका छन्।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा भएका छन्। उनले अर्थसचिवको रूपमा पनि काम गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *