सिरहामा बस्ने भनिएको एमालेको सचिवालय बैठक स्थगित

नेकपा (एमाले) को सचिवालय बैठक स्थगित भएको छ।

शनिबारदेखि सिरहाको धनगढीमाई नगरपालिका-१४, अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निरन्तर वर्षापछिको बाढी-पहिरोले बैठकस्थल पुग्न समस्या भएको उनको भनाइ छ। अर्को बैठकको मिति चाँडै तय गरिने उनले बताए।

मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो।

२०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर