सावित्री कंचनजंगा अगरबत्तीकाे क्यूआर ‘स्क्यान दनादन, उपहार टनाटन’

विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्राण्डहरू उत्पादन गर्दै आइरहेको आईएसओ प्रामाणिक सावित्री कंचनजंगा अगरबत्तीले नयाँ अफर ‘स्क्यान दनादन, उपहार टनाटन’ अफर सार्वजनिक गरेको छ।

डिजिटल वालेट पे सिस्टम ‘खल्ती एप’ सँगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले यो आकर्षक अफर सार्वजनिक गरेको हो।

यस अफरअन्तर्गत हरेक सावित्री अगरबत्ती ब्राण्डहरूमा रहेको क्यूआर कोड खल्ती एपबाट स्क्यान गरेर हरेक दिन १० जनालाई खल्ती एपमा १०० रूपैयाँ, योजना अवधिभर २० जनालाई स्मार्ट वाच वा एयरपड्स साथै ५ जनालाई ३२ इन्चको टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखराको भ्रमण प्याकेज जित्ने मौका मिल्नेछ।

अफरमा सहभागी हुनका लागि सावित्री ब्राण्डको कंचनजंगा अगरबत्ती साथै अरू उत्पादनहरूमा प्राप्त हुने दामी क्यूआर कोड खल्ती एपबाट स्क्यान गर्नुपर्नेछ।

यस अफरमा वितरक, थोक बिक्रेता, खुद्रा विक्रेता र उपभोक्ता सहभागी हुन पाउनेछन्।

लक्की ड्रका विजेताहरू सावित्री कञ्जनजंगा अगरबत्तीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा घोषणा गर्नेछ।

सावित्री कंचनजंगा अगरबत्तीले समय-समयमा आफ्ना वितरक, थोक बिक्रेता, खुद्रा विक्रेता र उपभोक्ताका लागि विभिन्न प्रकारका ‘अफर’ र ‘स्किम’ हरू ल्याउँदै आएको छ।

अहिले यस उद्योगमा सावित्री कंचनजंगा अगरबत्तीलगायत ५० भन्दा बढी सुगन्धित ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन्।

पूर्वदेखि पश्चिम नेपालसम्म, हिमालदेखि तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रणी अगरबत्ती ब्राण्डको रूपमा स्थापित बनेको छ।

सावित्री कंचनजंगा अगरबत्तीले उत्पादन गरेका हरेक ब्राण्डहरू गुणस्तरीय भएकै कारणले यसका विभिन्न ब्राण्डका अगरबत्तीहरू नेपालबाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड, अष्ट्रेलिया, क्यानडा र बेलायतमा पनि निर्यात हुँदै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर