विश्व खेलकुद

महिला खेलाडीलाई चुम्बन गरेपछि स्पेनिस फुटबल महासंघका अध्यक्ष निलम्बित

महिला विश्वकप फुटबल विजेता स्पेनकी एक खेलाडीलाई चुम्बन गरेपछि विवादमा परेका स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रूबियालेस निलम्बित भएका छन्।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले उनलाई शनिवार अस्थायी रूपमा निलम्बन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गत आइतवार स्पेनले महिला विश्वकप फुटबलको उपाधि जितेपछि पदक समारोहमा उनले स्पेनिस मिडफिल्डर जेनिफर हर्मोसोको ओठमा चुम्बन गरेका थिए।

हर्मोसोले शुक्रबार रूबियालेसले आफ्नो इच्छाविपरीत आफूलाई चुम्बन गरेको बताएकी थिइन्।

फिफाको अनुशासन समितिले रूबियालेसलाई फुटबलसँग सम्बन्धित सबै गतिविधिबाट ९० दिनका लागि निलम्बन गरेको छ। उनलाई मिडफिल्डर जेनी हर्मोसोसँग सम्पर्क गर्न पनि प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर