हिमालयन बैंकले ल्यायो ‘फण्ड ट्रान्सफरमा, मोबाइल फोन हातमा’ अफर

हिमालयन बैंकले ‘कनेक्ट आईपीएस’ सँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि ‘फण्ड ट्रान्सफरमा, मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङका प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ एचआई-एमबी एपबाट अन्तरबैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

भदौ १ गतेदेखि सुरू भएको अफर ३१ गतेसम्म लागू हुने बैंकले जनाएको छ । मोबाइल बैकिङ एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोगकर्तालाई अफरको अन्त्यमा लक्की ड्रमार्फत् विजेता छनोट गरिनेछ । विजेताको घोषणा हिमालयन बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन हुने छ ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरू लिन थप प्रोत्साहन गर्ने बैंकको विश्वास छ ।

एचआई-एमबीको फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच कनेक्ट आईपीएसको च्यानल प्लेटफर्ममार्फत हुने गरेको छ र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन ।

आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत १ करोड ४७ लाख रूपैयाँभन्दा बढी भुक्तानी भइसकेको बैंकले जनाएको छ । मोबाइल बैकिङमार्फत प्रयोगकर्ताले प्रति कारोबार प्रतिदिन दुई लाख रूपैयाँको मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको मोबाइल बैंकिङ एप एचआई-एमबीमा हाल १ लाख ७० हजारभन्दा बढी प्रयोगकर्ता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *