डेंगु संक्रमित खेलकुदमन्त्री लिम्बूकाे स्वास्थ्यमा सुधार

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको स्वास्थ्यमा सुधार आएको छ।

शुक्रबार साँझ एक्कासी ज्वरो आएपछि शनिबार बिहान उपचारका लागि वीर अस्पतालमा भर्ना भएका खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार आएको हो।

मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि मन्त्री लिम्बू अस्पताल भर्ना भएको बताए।

पछिल्लो समय मन्त्री लिम्बूको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ।

मन्त्री लिम्बू केही दिनपहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए। वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा. ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *