नेपाली सेनाकाे नन्द बक्स गणअन्तर्गतकाे गुल्मका गुल्मपति बेपत्ता

नेपाली सेनाका एक जना गुल्मपति बेपत्ता भएका छन्।

डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गणअन्तर्गत रहेकाे गुल्मका गुल्मपति मेजर विमल पण्डित बेपत्ता भएका हुन्।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले गुल्मपति पण्डित आइतवार बेलुकादेखि सम्पर्कविहीन भएको पर्दाफासलाई बताए।

‘उहाँ (गुल्मपति पण्डित) आफ्नो सुरक्षा गार्ड नलिई हिजो बेलुका त्रिपुरातिर गएको भन्ने सुन्नमा आएको छ। यहाँ नेटवर्कको समस्याले फोन नलाग्ने समस्या भइरहनाले खोजीमा समस्या भएको छ,’ प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने।

उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए।

‘डीएसपीसहितको टोली खोजीका लागि त्रिपुरातिर गएको छ,’ उनले भने, ‘आजसम्म पनि नभेटिए छिमेकी जिल्लाका प्रहरीसँग पनि समन्वय गर्छौं।’

*सच्याइएकाे – यसअघिकाे समाचारका केही सूचना तलमाथि भएकाले सच्याएका छाैं ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर