कांग्रेसले बीपीको स्मृतिमा ‘बीपी साहित्य महोत्सव’ आयोजना गर्ने

नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा ‘बीपी साहित्य महोत्सव-२०८०’ आयोजना गर्ने भएको छ।

सोमबार पार्टी कार्यालय सानेपामा ११० औं बीपी जयन्तीको अवसरमा कांग्रेसले आगामी भदौ २४, २५ र २६ मा महोत्सव आयोजना गर्न लागेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

उनले भने, ‘११० औं बीपी जयन्ती अवसरमा ‘वीपी साहित्य महोत्सव-२०८०’ आयोजना गर्ने निणर्य गरेको छ। भदौ २४, २५, र २६ गते बीपी स्मृति भवन ललितपुरमा आयोजना हुने उक्त महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा र नेपाली लेखक संघको संयोजनमा सम्पन्न हुनेछ।’

तीन दिनसम्म चल्ने उक्त महोत्सवमा बपिीले पुर्‍याएका राजनीतिक, साहित्यिक योगदानको बीपीलाई नजिकबाट बुझ्ने अग्रज बुद्धिजीवीबाट उनको बारेमा विविध विषयवस्तु प्रस्तुत गरिने छ। विषयगत सेसनमा वीपीका साहित्यिक विश्लेषण गरिने क्रममा १२ वटा विषय रहेका छन्।

उक्त सत्रमा बीपीका मनोविश्लेषणात्मक साहित्य र व्यक्ति सत्ता, साहित्यमा पर्यावरण, समय र सम्भाल्टन,नेपालको मातृभाषा र साहित्य बपिीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेस, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, समावेशिता, सामाजिक रूपान्तरण र बीपी, परिवारले बुझेका बीपी र युवा सत्रमा बीपी पठनलगायत १२ वटा सत्रमा बीपीलाई विश्लेषणात्मक रूपमा छलफल गरी बुझ्ने/बुझाउने विश्वकर्माले बताए।

तीन दिनको उक्त महोत्सवमा उल्लेखित विभिन्न सत्रको अतिरिक्त साहित्यिक र सांगीतिक साँझ प्रस्तुत गरिनुका साथै चित्रकला प्रदर्शनी पनि गरिने आयोजकले जनाएको छ। विशेषगरी बीपीको जीवन, कांग्रेसको क्रान्तिसँग जोडिएका पक्षलाई उजागर गर्ने खालका लाइभ चित्रकला प्रदर्शनी गर्ने साथै विभिन्न वृतचित्र पनि देखाइने आयोजकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर