परराष्ट्रमन्त्री साउद र भारतको नेशनल डिफेन्स कलेजका शिक्षार्थीबीच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउदसँग भारतको नेशनल डिफेन्स कलेजको शिक्षार्थी सम्मिलित भ्रमणदलले भेटवार्ता गरेको छ।

कलेजका वरिष्ठ निर्देशक कर्मचारी एयर भाइस मार्शल मनिषकुमार गुप्ता नेतृत्वको शिक्षार्थी सम्मिलित भ्रमणदलले सोमवार मन्त्री साउदसँग भेटवार्ता गरेको हो।

भेटमा दुईपक्षीय हित तथा आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

भारतीय नेशनल डिफेन्स कलेजका फ्याकल्टी तथा उक्त कलेजमा सञ्चालन भइरहेको ६३ औं नेशनल डिफेन्स कोर्समा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थीहरू (जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरेबिया, बेलायत, ओमान र भारत) सम्मिलित २७ सदस्यीय भ्रमणदल एयर भाइस मार्शल गुप्ताको नेतृत्वमा पाँचदिने अध्ययन भ्रमणको क्रममा आइतवार नेपाल आएको हो।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *