पाल्पामा गुडिरहेको जीपमाथि पहिराे खस्दा प्रहरी सहायक हवल्दारसहित तीन जनाको मृत्यु

पाल्पाको रब्दिकोट गाउँपालिका-२ स्थित जोर्तेमा भएको स्करपियो जीप दुर्घनामा मृत्यु हुने तीन जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार ३२ वर्षीय यमबहादुर बोहरा, गुल्मीको रेसुङ्गा नगरपालिका-७ बस्ने ५० वर्षीय मनकला चुदारा, कास्कीको पोखरा महानगरपालिका-२५, हेम्जा बस्ने ३१ वर्षीय विनोद तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

सडकमाथिबाट खसेको सुक्खा पहिराले स्करपियो पुरिँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। गाडीमा सवार अन्य आठ जना घाइते भएका छन्। अहिले घाइतेहरूको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

गुल्मीदेखि पाल्पातर्फ जाँदै रेको लु १ ज ४६०० नम्बरकोे जीप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले आज बिहान करिब साढे ८ बजे पुरिएर दुर्घना भएको रिब्दिकोट गाउँपालिका-२ का वडाध्यक्ष ओमप्रकाश पोखरेलले बतए। उनका अनुसार पहिरोसँगै जीपमाथि ढुंगा खसेको थियो।

दुर्घटनाका सम्बन्धमा अहिले अनुसन्धान भइरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर