सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरू गरेको सुशासनको अभियान असफल बनाउने प्रयास भइरहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३३ औं वार्षिक साधारणसभामा उनले सरकारले चलाएको सुशासन र भ्रष्टाचारविरोधी गतिविधिलाई असफल बनाउने प्रयास भइरहेको बताएका हुन्।

यसका बावजुद सरकारको यो अभियान नरोकिने उनले बताए।

उनले सबै युवा तथा आम जनताले सरकारले चालेको सुशासनको कदमलाई समर्थन गरेको र यसले समृद्धिको यात्रामा तीव्र भएर अगाडि बढ्न हौसला दिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर