बहराइनविरूद्ध नेपालले पहिला फिल्डिङ गर्ने

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ।

मलेसियाको क्वालालाम्पुरमा केही बेरअघि सम्पन्न टसमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।

नेपाल बहराइनलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा छ। हिजो भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो।

नेपालको प्लेइङ ११ मा कप्तान रूविना क्षेत्रीसहित काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *