सरकारले निजी क्षेत्रको सुझावलाई बेवास्ता गर्‍याे : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रको सुझावलाई बेवास्ता गरेको गुनासो गरेका छन्।

शनिबार आर्थिक पत्रकार समाज सेजनको २५ औं वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले दिएको सुझावलाई बेवास्ता गर्दा आर्थिक क्षेत्रमा सुधार हुन नसकेको बताए।

अहिले देशमा राजस्वको कमीले सरकारी साधारण खर्च पनि धान्न नसक्ने अवस्था रहेको भन्दै उनले निजी क्षेत्रले दिएको सुझावलाई बेवास्ता गर्दा यस्तो अवस्था आएको जिकिर गरे।

उनले भने, ‘अहिले राजस्वको कमीले सरकारी साधारण खर्च पनि धान्न नसक्ने बीचमा जुन उचाइ भयो, त्यो चाँहि कताकता हामीले दिएको सुझाव बेवास्ता गरेको कारणले हो भन्ने राख्न चाहान्छु।’

उनले राज्यका निकायहरूबीचमा सहकार्य नहुँदा कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम सफल भए तापनि राज्यका तर्फबाट राम्रो नतिजा नआउने भएकाले सहकार्यको आवश्यकता औंल्याए।

उनले भने, ‘राज्यको निकायहरूबीचमा सहकार्य नहुँदा पनि यो अवस्था आएको हो भन्ने लाग्छ । सरोकारवाला निकाय यो मेरो जिम्मेवारी होइन भन्ने भन्दा पनि सबै जोडिएर जान सकिएन भने कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम त सफल होला, तर राज्यको तर्फबाट आउनुपर्ने रिजल्ट आउँदैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर