उपत्यका प्रहरी प्रमुख एआईजी थापाले गरे मातहतका कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले आफ्नो कार्यालय मातहतका कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन्।

आइतबार उनले कार्यालयमा आयोजित एक कार्यक्रमबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक थापा र काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द ठकुरी, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्धिविक्रम शाह, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्री, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौर र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीबीच सम्झौतामा हस्ताक्षर भएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर