सरकारले जग्गा उपलब्ध गराए रंगशाला बनाउन पहल गर्छाैं : मेयर बालेन शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताएका छन्।

मंगलबार उनले सामाजिक सञ्जालमार्फत सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक एक सय रोपनी जग्गा उपलब्ध गराएमा महानगरले रंगशाला बनाउन पहल गर्ने बताएका हुन्।

उनले पूर्वाधार निर्माण भए मात्र खेलको विकास हुन सक्ने उल्लेख गर्दै एकै खेलबाट करोडौं रकम आर्जन गर्न सकिने पनि बताएका छन्।

उनले लेखेका छन् ,‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं। यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ। र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ। त्योबाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर