हिन्दू धर्मको अपव्याख्या गरेर क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै कालोमोसो

जनकपुरधाम उपमहानगरपालिका-७ स्थित ट्रमा हस्पिटल क्षेत्रमा क्रिश्चियन धर्मको प्रचार गर्ने महिला-पुरूषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन्।

उक्त स्थानमा कोठा भाडामा लिएर हिन्दूहरूलाई बोलाई धर्म परिवर्तनका लागि पैसाको प्रलोभनसहित क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै धरान घर भएका श्रीमान-श्रीमतीलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका हुन्।

उनीहरूले हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले दुवै जनालाई कालोमोसो दलेर प्रहरीलाई बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले बताइन्।

उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय, धनुषामा राखेर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर