प्रहरीमा महिला सहभागिता बढाउन जरूरी : आईजीपी कुँवर

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीमा महिला सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

आसन्न अन्तर्राष्ट्रिय प्रहरी सहकार्य दिवसको पूर्वसन्ध्यामा आईजीपी कुँवरले यस्तो बताएका हुन्।

प्रहरीमा महिला सहभागिता वृद्धिले समुदायकाे विश्वास बढाउन, लैंगिक समावेशिता सुनिश्चित गर्न र अन्तरहरू घटाउन मद्दत पुग्ने उनको भनाइ छ।

‘प्रहरीमा महिलाहरूलाई बढावा दिनाले समुदायको विश्वास बढाउन, लैंगिक समावेशिता सुनिश्चित गर्न र अन्तरहरू कम गर्न मद्दत गर्छ,’ आईजीपी कुँवरले भनेका छन्।

अन्तर्राष्ट्रिय प्रहरी सहकार्य दिवस हरेक वर्ष ७ सेप्टेम्बरका दिन मनाउने गरिन्छ।

शान्तिसुरक्षाका गम्भीर चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहकार्य महत्त्वपूर्ण रहेको अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर