न्याय सेवाका ३ सचिवसहित १७१ जना कर्मचारीको सरूवा, एकको सचिवमा बढुवा

न्याय सेवाका ३ सचिवसहित १७१ जना कर्मचारीको सरूवा भएको छ। यस्तै एकको सचिवमा बढुवा भएको छ।

न्याय सेवा आयोगको मंगलबार बसेको बैठकले सचिव, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको सरूवा गरेको हो।

आयोगका अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवमा उदयराज सापकोटा सरूवा भएका छन्।

कानून आयोगकी सचिव लीलादेवी गड्तौला (निरौला) को प्रधानमन्त्री कार्यालयमा सरूवा भएको छ।

त्यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारी नेपाल कानून आयोगमा सरूवा भएका छन्।

आयोगले फणीन्द्र गौतमलाई सचिवमा बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा सरूवा गरेको छ।

आयोगले १२ जना सहसचिव र १५६ जना उपसचिवहरूको पनि सरूवा गरेको छ।

हेरौं सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर