बागमती प्रदेशसभाको बैठक बुधबार

बागमती प्रदेशसभाको बैठक भदौ बुधबार दिउँसो १ बजे बस्ने भएको छ । दुई महिनापछि सोमबार दिउँसो १ः३० बजेका लागि तय गरिएको बैठक सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै विपक्षी दलले बैठक चल्न नदिने चेतावनी दिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

प्रदेशसभा बैठकको कार्यसूची तय गर्न बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेका सांसदले सरकारले विगतमा गरको सहमति कार्यान्वयन नगरेको भन्दै सदन चल्न नदिने चेतावनी दिएका थिए । बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमै विवाद भएपछि सोमबार दिउँसो १ः३० बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित गरेर ४ बजेका लागि तय गरिएको थियो तर त्यसबीचमा पनि दलहरुबीच सदन सञ्चालनका विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *